तानसेन । पाल्पा सदरमुकामस्थित मंखनटोलका व्यापारीले सटर खाली गरेका छन् । तानसेन नगरपालिकाले भोलिदेखि पाल्पा दरबार संग्रहालय परिसरका संरचना भत्काउने भएसंगै व्यापारीले सटर खाली गरेका हुन् ।

यसअघि नगर कार्यपालिकाले उक्त क्षेत्रका ५७ वटा घर टहरा भत्काउने निर्णय गरेर ३५ निदको म्या समेत आज सकिएपछि व्यापारीले सामगी हटाएर सटर खाली गरेका हुन् ।

पुरातत्व विभागले माघ १० गते तानसेन नगरपालिकालाई पत्र लेख्दै तानसेन नगर विकासका लागि संरचनाहरु हटाउन सहजिकरणको अनुरोध गरेको थियो । सोही आधारमा संरचना हटाएर पाल्पा दरबारलाई राष्ट्रिय सम्पदा सूचीमा समावेश गर्नका लागि भोलि बिहान ७ बजेदेखि संरचना हटाउने तयारी भएको तानसेन नगपालिकाका प्रवक्ता यादव सिं कार्कीले बताए ।

उता व्यापारीले भने नगरपालिकाले थप समय नदिएरै सटर खाली गराउदा आफूहरु समस्यामा परेको गुनासो गरेका छन् ।

तपाईको प्रतिक्रिया