एकैदिन २ जना कोरोना संक्रमितकाे मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट एकै दिन थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्‍यु भएको जनाएको हाे ।

उक्त अवधिमा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  २ हजार २९१ नमुनामध्‍ये ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ भने संस्थागत आइसाेलेशनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत रहेकाे मन्त्रालयले  जनाएकाे छ ।

तपाईको प्रतिक्रिया