
पाल्पा। सिद्धार्थ राजमार्गको झुम्सा नजिकै बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एकजनाको मृत्यु भएको छ ।
गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ४८४७ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको लु ७७ प १९६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा बगनासकाली ६ यम्घाका ४३ वर्षीय राजेन्द्र न्यौपानेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लका अनुसार ओभरटेक गर्ने क्रममा बससँग ठोक्किन पुग्दा न्यौपानेको मृत्यु भएको हो।
बस र बस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।