शनिवार नेपालमा कोरोनाबाट एक जनाको मृत्यु, थप ७८ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

२२४ जनाको पीसीआर परीक्षणमा २० र ९२४ जनाको एन्टिजेन परीक्षणमा ५८ जना गरी ७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमण मुक्त भएका छन् ।

हाल ३८३ जना सक्रिय संक्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया