पाल्पामा बस दुर्घटना : एक जनाको मृत्यु, २५ बढी घाइते

पाल्पा, १० वैशाख । पाल्पामा यात्रुबहाक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

यस्तै, चालकसहित २५ जना भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

आइतवार बिहान बुटवलबाट बाग्लुङ्गका लागि छुटेको लु १ ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा नजिकै दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार हाल घाइतेको उद्दार जारी छ ।

करिब ३० जना सवार उक्त बसमा रहेकामध्ये केहीको अवस्था गम्भीर छ ।

हाल उद्दार जारी रहेको हुँदा मृतकको सनाखत हुँन बाकी छ।

घाइतेहरुको प्रभासस्थित लुम्बिनी मेडिकल कजेलमा उपचारका लागि पठाइएको पनि प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको