लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले पाएनन् विश्वासको मत, ढल्याे प्रदेश सरकार

दशरथ घिमिरे
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज दाेस्राे पटक विश्वासको मत लिएका छन । यसअघि सात दलकाे समर्थनमा मुख्यमन्त्री बनेका गिरीलाई माअाेवादी लगायतका दलले दिएकाे समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए ।

गत चैत १२ मा विश्वासकाे मत फिर्ता लिएका थिए । सरकार बनेको १०३ दिनमा मुख्यमन्त्री गिरी नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढलेकाे छ । पुस २७ गते गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

साेमवार लिएको विश्वासकाे मतमा गिरीकाे पक्षमा ३३ र विपक्षमा ५३ मत खसेकाे छ । मत विभाजन पछि सभामुख तुलाराम घर्तीले मुख्यमन्त्री लिला गिरीले विश्वासकाे मत प्राप्त गर्न नसकेकाे संसदलाई जानकारी गराएका छन ।

सत्ता साझेदार दलहरुले समर्थन फिर्ता लिएपछी सरकार बनेको ७४ दिनमै अल्पमतमा परेको थियो । संविधानको धारा १६८ को २ बमोजिम बनेको सरकार ढलेकाे हाे । ८७ सांसद मध्य लुम्बिनीमा बहुमतका लागि ४४ मत चाहिन्छ । लुम्बिनीमा एमालेका २९ र राप्रपाका ४ सांसद मात्रै पक्षमा मतदान गरेका छन । बाँकी नेपाली कांग्रेस २७, नेकपा माअाेवादी ११, नागरिक उन्मुक्ति पार्टी ४, जसपा, लाेसपा, जनमत ३/३, राष्ट्रिय जनमाेर्चा र एकीकृत समाजवादी १/१, स्वतन्त्र १ गरि ५३ जना सांसदले विपक्षमा मतदान गरेका छन ।

लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न ८ दलका ५३ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका थिए । एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलका हिसाबले सरकारको नेतृत्व दावी गर्ने तयारी गरेको छ ।

एमाले संसदीय दलको बैठकमा संसदमा विश्वासको मत लिने र संविधानको धारा १६८ को ३ बमोजिम सरकार गठनको लागी पहल लिने बारेमा समेत छलफल गरेको छ ।

नेपाली कांग्रेस लगायत ८ राजनीतिदलले संविधानकाे १६८ काे उपधारा २ बमाेजिम सरकार गठन हुनुपर्ने दावी गर्दै आएकाे छ ।

तपाईको प्रतिक्रिया