पाल्पामा पौडी खेल्ने क्रममा खोलामा डुबेर युवक बेपत्ता

पाल्पा । पौडी खेल्ने क्रममा खोलामा डुबेर पाल्पामा एक युवक बेपत्ता भएका छन् ।

बुधवार तिनाउ गाउँपालिका –३ स्थित तिनाउ खोलाको ड्यामसाइडमा डुबेर युवक बेपत्ता  भएका हुन् ।

बेपत्ता युवक रुपन्देही सिद्धार्थनगर नगरपालिका -८ गल्लामण्डीका १७ वर्षीय शिशिर उपाध्याय रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता, प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

दिउँसो १ः४५ बजेको समयमा पौडी खेल्ने क्रममा ति युवक डुबेर बेपत्ता भएका थिए । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया