कोराेनाबाट थप १ काे मृत्यु, १११ जनामा संक्रमण पुष्टि

काठमाडाैं। पछिल्लाे  २४ घण्टामा थप १ जनाको कोराेना संक्रमणबाट मृत्यु भएको छ ।  एक हजार ४० पीसीआर र १ हजार ४७७ एन्टिजेन गरी कुल २ हजार ५१७ जनामा नमुना परीक्षण गर्दा १११ जनामा कोभिड संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको पछिल्लो कोभिड अपडेटअनुसार हाल सक्रिय संक्रमितको संख्या ३७८ रहेको छ । त्यसैगरी एक दिनमा १३ हजार ९८७ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् ।

हाल देशभर आईसीयूमा ६ र भेन्टिलेटरमा १ जना कोभिड संक्रमित उपचाररत रहेकाे मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया