पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको दोभान–सिद्धबाबा खण्ड अब रातिमा मात्र बन्द हुने भएको छ ।
यो सडक तीन साताभन्दा लामो समयदेखि दिउँसो ११ बजेदेखि २ बजेसम्म दिनहुँ बन्द हुँदै आएको थियो ।
शुक्रबारबाट रातिको बन्द यथावत राख्दै दिउँसोमा हुँदै आएको सडक बन्दको समय हटाइएको हो ।
सिद्धबाबा सुरुङमार्ग पूर्वतयारीको काम गर्न दैनिक नौ घन्टा बन्द हुँदै आएको सडक अब रातिको ६ घन्टा मात्र बन्द हुनेछ ।
अर्को सूचना जारी नहुँदासम्मका लागि दिउँसोको बन्दलाई खुला गरिएको सिद्धबाबा सुरुङमार्ग योजना बुटवलले जनाएको छ ।
तिनाउ गाउँपालिका–३, रामापिथेकस पार्क नजिकबाट सडक डाइभर्सनको काम गत फागुन तेस्रो हप्तादेखि भइरहेको छ ।
हेर्नुहोस् सूचना




