रामपुरमा पौडी खेल्ने क्रममा नदीमा डुबेर युवक बेपत्ता

तानसेन । पाल्पाको रामपुरमा नदीमा डुबेर एकजना युवक बेपत्ता भएका छन् ।

२१ वर्षीय अभिषेक राउत शनिवार रामपुर नगरपालिका –४ कोप्चेघाटस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर  बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता, प्रहरी नायक उपरीक्षक वीरेन्द्र थापाका अनुसार भारत हिमाञ्चल प्रदेश कसैली घर भएका ति युवक रामपुरको बेझाडस्थित एक ट्याटु हाउसमा काम गर्दथे ।

बेपत्ता युवकको खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया