पाल्पामा काफल टिप्ने क्रममा रुखबाट लडेर युवकको मृत्यु

तानसेन । पाल्पामा रुखबाट लडेर एक युवकको मृत्यु भएको छ ।

रैनादेवी छहरा गाउँपालिका –३, सिद्धेश्वर छचुवाका १८ वर्षका सुर्य कुमालको काफल टिप्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो ।

सोमबार दिउँसो आफ्नै घर नजिकै रहेको जंगलमा काफल टिप्न गएका उनी रुखबाट लडेर घाइते भएका थिए ।

घाइते उनलाई उपचारका लागि तानसेनस्थित मिशन अस्पताल ल्याइएकोमा उपचारका क्रममा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया