वर्षाका कारण ‘पाल्पा महोत्सव’ प्रभावित, बुधवार सांगीतिक कार्यक्रम भएन

तानसेन । वर्षाका कारण ‘पाल्पा महोत्सव’ प्रभावित बनेको छ ।

बुधवार केही समय महोत्सव संचालन भएपनि त्यसपछि वर्षाका कारण कार्यक्रम प्रभावित बन्न पुगेको हो ।

वर्षाका कारण बुधवार सांगीतिक प्रस्तुति दिन आएका कलाकारहरुले पनि प्रस्तुति दिन पाएनन् ।

दिउँसोदेखिको वर्षा बुधवार साँझसम्म पनि रोकिएको छैन ।

बुधवारका लागि तय कार्यक्रम अब बिहीवार हुने आयोजक पाल्पा उद्योग वाणिज्य संघले जनाएको छ ।

१४ वैशाखबाट सुरु भएको महोत्सव २४ वैशाखसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया