
तानसेन ।सुख्खा पहिरोका कारण पाल्पा बुटवल सडक खण्ड अवरुद्ध भएको छ। सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पाको तिनाउ गाउँपालिका ५ कालिमाटीमा धुले पहिरो खसेपछि बिहानैदेखि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लका अनुसार अवरुद्ध सडक खुलाउन सडक डिभिजन पाल्पासङ्ग समन्वय भएको छ।
सडक अवरुद्ध हुदा लामो तथा छोटो दुरीका सवारी सडकमा अलपत्र परेका छ्न।
पहिरो हटाएर बिहानदेखि रोकिएका सवारी पास गराउन केही समय लाग्ने प्रहरीले जनाएको छ।