तिनाउमा टिपरकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

तानसेन । पाल्पाको तिनाउ गाउँपालिकास्थित झुम्सामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

सोमवार बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ ख २६१४ नम्बरको टिपरले विपरित दिशातर्फ जाँदै गरेको लु ४४ प ५८०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

सिद्धार्थ राजमार्गमा साँझ ६ः १५ बजेको समयमा भएको दुर्घटनामा मोटरसाइकल चालक गुल्मी छत्रकोट –३ हर्दिनेटाका ३०  वर्षीय जीवन पन्तको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता, प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार दुर्घटनामा घाइते पन्तलाई उपचारको लागि प्रादेशिक अस्पताल बुटवल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया