
तानसेन। ऐतिहासिक महत्व बोकेको रायमाझीको कुलपूजा बैशाखको २७ गते पाल्पाको छहरामा हुने भएको छ । कुलपूजा गर्नका लागि रायमाझी परिवारहरुले विभिन्न तयारी शुरु गरेको रायमाझी कुल देवता समिति छहराले जानकारी दिएको छ । विश्वभरका रायमाझीहरुको उद्गम स्थल पाल्पाको छहरामा हुने कुलपूजाको विशेस महत्व रहेकाले पनि यो कुलपुजा भव्य र पराम्परागत रुपमा गरिने भएको हो ।
कुलपूजा सफल पार्नका लागि विभिन्न उपसमितिहरु समेत गठन गरेर काम अन्तिम चरणमा पुगेको रायमाझी कुलदेवता समिती पाल्पाका अध्यक्ष झलकबहादुर रायमाझीले जानाकारी दिए।
आवास व्यवस्थापन उपसमिति, प्रचार प्रसार उपसमिति, स्वयम सेवक उपसमिमि, दाउरा व्यवस्थापन उपसमिति, पूजा व्यवस्थापन उपसमिति, आर्थिक व्यवस्थापन उपसमिति, बाजा व्यवस्थापन उपसमिति गठन गरिएको हुदा कुलापूजा व्यवस्थित र मर्यादित गराउनमा सहयोग पुराउने अध्यक्ष रायमाझीले बताए।
रायमाझी परिवारले निकै महत्वका साथ गर्ने कुलपुजामा संसार भरि छरिएका दाजुभाई, दिदि बहिनीहरुको उपस्थित हुने गर्दछ । प्रत्येक पाचँ वर्षमा हुने यो कुलपुजा रायमाझीहरुको ठुलो पर्वको रुपमा आफ्ना कुलदेवतालाई पुज्ने प्रचलन रहेको रदेश तथा विदेशबाट समेत रायमाझी बन्धु छहरामा आउने हुदा छहरामा रहेका विद्यालयसामुदायिक भवन रस्थानीय स्तरका घरमा आवस व्यवस्थापन गरिएको आवस व्यवस्थापन समितिका अध्यक्ष तथा छहराका वडा अध्यक्ष गोविन्द रायमाझीले जानकारी दिए ।
कुलपूजामा पूजा गर्नका लागि हजारौको सख्यामा दाजुभाई दिदिबहिनीहरु र आफन्तहरु प्रत्यक पाचँ बर्षमा पाल्पाको छहरामा जम्मा हुने गर्दछन् । पाल्पाको छहरा रायमाझीहरुको मुख्य थलोको रुपमा रहेको छ । जहा कुलपूजाका लागि मन्दिरदेखि पूजा गर्ने मौलो र धार्मिक वन व्यवस्थित रुपमा संरक्षण गरिएको रायमाझी कुलपूजा समिति पाल्पाका उपाध्यक्ष कमल रायमाझीले जानकारी दिए ।
कुल घरदेखि बोखरमा रहेको गवौरासम्म सरसफाई गर्ने काम भएको छ । २७ गते रायमाझीहरुको मिलन उत्सवको रुपमा अन्य विषिष्ट अतिथिहरुको समेत उपस्थित हुने बताइएको छ ।