तानसेन। पाल्पामा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार थप ५ जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार सोमबार ५ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा ५ जनामै संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा तानसेन नगरपालिकाभित्रका तीन जना, रिब्दीकोट र बगनासकाली गाउँपालिकाका १।१ जना रहेका छन् ।
केही समय अघिसम्म शुन्यमा रहेको संक्रमण पुनः बढेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।जनस्वास्थ्यका मापदण्डको पालनामा कमी आएसंगै जिल्लामा संक्रमण फैलिएको हो ।
हाल सबै संक्रमित होम आइसोलेशनमा बस्दै आएको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टीकाराम अधिकारीले बताए ।