रानीमहल दौडको उपाधि सेनाका दिनेशलाई

तानसेन। तानसेन- रानीमहल दौडको उपाधि सेनाका दिनेशबहादुर शाहीले जितेका छन् । पाल्पाको रानीमहलमा आयोजित राष्ट्रिय विच भलिबल प्रतियोगिताको समापनका अवसरमा सञ्चालन गरिएको दौडको उपाधि शाहीले जितेका हुन् ।

उनले निर्धारित १३ किलोमिटरको दुरी ४६ मिनेट १५ सेकेन्डमा पुरा गरे । उनले १० हजार रुपैयाँ प्राप्त गरे । तानसेनको कैलाशनगरबाट सुरु भएको दौड रानीमहल परिसरमा आएर समापन भएको थियो ।

दौडको दोस्रो स्थान कर्ण पुनले हात पार्दै ७ हजार रुपैयाँ जिते । उनले निर्धारित दुरी ४६ दशमलव २० सेकेन्डमा पार गरे ।
तेस्रो स्थान भारतीय सेनाका प्रविन राना, चौथो स्थान तानसेनका रामबहादुर थापा र पाँचौं स्थान एपीएफका दुर्गाबहादुर बगालेले हात पारे । विजेताले क्रमश ५ हजार, ३ हजार र २ हजार पुरस्कार प्राप्त गरे ।

विजेता खेलाडीलाई प्रदेश सभा सदस्य वीरबहादुर राना, आयोजक सञ्जय मेमोरियल फाउन्डेसनकी अध्यक्ष निरोज मास्के, उपाध्यक्ष धिरेन शाक्य, सदस्य सनरोज मास्केले पुरस्कृत गरेका थिए ।

तपाईको प्रतिक्रिया