माछा मार्ने क्रममा दोभान खोलामा एक जना बेपत्ता

तानसेन।  पाल्पामा माछा मार्ने क्रममा एक जना युवक बेपत्ता भएका छन् । तिनाउ गाउँपालिकास्थित आरखोदीको दोभान खोलामा माछा मार्ने क्रममा तिनाउ १ कचलका ३२ वर्षीय भुपाल सुनारी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार उनीसंगै माछा मार्न गएका २२ वर्षीय रुद्र खत्री र २४ वर्षीय राजन पुनले सुनारी हराएको जानकारी दिएका थिए ।

सुनारीले लगाएको कपडा र चप्पर खेला किनारमा फेला परेको प्रहरीको भनाई छ। शनिबारदेखि बेपत्ता भएका सुनारीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया