पाल्पामा अवैध सालको काठसहित एक जना पक्राउ

तानसेन। पाल्पामा अवैध सालका काठसहित एक जना पक्राउ परेका छन् । तिनाउ गाउँपालिका वडा नं.–३, हरियाली गाउँबाट लुकाईछिपाई रुपन्देहीतर्फ लैजादै गरेको सालको काठसहित तिनाउ–३ का भीमबहादुर खत्रीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सिद्धार्थ राजमार्ग अन्तरगत प्रहरीले दोभान चौकीको टोलीले बाट १८ क्वीफिट सालको काठसहित जिलाई पक्राउ गरेको हो । उक्त सालको काठ लु २ ख ५९०३ नम्बरको बसको छतमा राखेर काठ बुटवलतिर लैजाने क्रममा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

बरामद भएको काठ र पक्राउ परेका व्यक्तिलाई डिभिजन वन कार्यालय पाल्पामा बुझाइएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया