निलसागर आश्रममा एक जना पुरुषको मृत्यु

तानसेन।  भुषालडाँडामा रहेको निलसागर आश्रममा एक जना पुरुषको मृत्यु भएको छ । बुधबार विहान अन्दाजी ६२ वर्षीय राजु सुब्बा नाम बताउने पुरूषको मृत्यु भएको प्रहरीले जनाएकाे छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनको वास्तविक वतन भने खुल्न सकेको छैन् । गत वैशाख १४ गते तानसेन बजारमा बेवारिसे अवस्थामा फेला परेका उनलाई तानसेन नगरपालिका–३ वडा कार्यालयले आश्रममा व्यवस्थापन मिलाएको थियो ।

मंगलबार साझाँ खाना खाई सुतेका उनी विहान अबेरसम्म  नउठेपछि आश्रमका कर्मचारी हेर्न जाँदा उनलाई मृत अवस्थामा फेला पारेका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।

तपाईको प्रतिक्रिया