पाल्पाबाटै सवारी चालक अनुमति पत्र नविकरण

तानसेन। पाल्पाबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नविकरण सुरु भएको छ । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले जेष्ठ ४ गतेदेखि सवारी चालक अनुमति पत्रको नविकरण सेवा सुरु गरेको हो ।

तानसेनस्थित बतुंङ्गमा रहेको सेवा कार्यालयबाट नविकरण सुरु भएको कार्यालयले जनाएको छ । कार्यालयले जारी गरेको सूचना अनुसार नविकरणका लागि सक्कल नागरिकताको प्रमाण पत्र, सक्कल सवारी चालक अनुमति पत्रको प्रमाणपत्रसंगै निरोगिताको प्रमाणपत्र आवश्यक पर्ने उल्लेख छ ।

हेर्नुहोस् सूचना

तपाईको प्रतिक्रिया