सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं। आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हाे।

आइतबार छापावाल सुनको मूल्य एक लाख १० हजार, तेजावी सुनको मूल्य एक लाख ५ हजार ५ सय र चाँदीको मूल्य एक हजार ३८५ रुपैयाँ कायम भएको छ ।

शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ९ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजार ७ सय र चाँदीको मूल्य एक हजार ३७० रुपैयाँ तोकिएको थियो ।

तपाईको प्रतिक्रिया