तानसेन ।  पाल्पाको तानसेन नगरपालिकाले एक दिने वृत्ति विकास तथा रोजगार मेला सम्पन्न गरेको छ । ज्ञान, सीप र क्षमता भएका बेरोजगार नगवासीलाई रोजार बनाउन रोजगारदातासंग समन्वय गर्न मेला आयोजना गरिएको हो ।

विभिन्न उद्योग तथा संघ संस्थाबाट ३८ वटा स्टल रहेको मेलामा पढ्दै गरेका विद्यार्थी तथा सीप भएर काम नपाएका युवाहरुले सहभागीता जनाएका थिए ।

पछिल्लो समय देखिएको बढ्दो बेरोजगारी समस्या समाधान गर्नका लागि सीप र दक्षताअनुसारको रोजगारी प्रदान गर्ने उद्देश्यले एक दिने वृत्ति तथा रोजगार मेला संचालन गरेको मेला व्यवस्थापन उपसमितिका संयोजक प्रदीप खनालले जानकारी दिए ।

मेलामा सहभागीले सीप सिक्ने तरिका, सिकाईका माध्यम, रोजगारी प्राप्त हुने स्थानहरु बारे जानकारी प्राप्त गरेका छन् ।

सीप सिक्न चाहेका र सीप सिकिसकेका व्यक्तिहरुले रोजगारी प्राप्त गर्न मेला सहयोग बन्ने हुँदा किशोरावस्थाका युवा घरपरिवार छाडेर विभिन्न मुलुक जाने गरेको हुँदा स्वदेशमै रोजगारी दिन र आत्मनिर्भर बन्नलाई नगरपालिकाले यस्तो योजना अघि सारेको तानसेन नगरपालिकाले जनाएको छ ।

मेलामा करिब २ हजार जनाले अवलोकन गरेका थिए ।

तपाईको प्रतिक्रिया