पाल्पा गोल्डकप : होराइजन फुटबल क्लब सेमिफाइनलमा

तानसेन। पाल्पामा जारी कर्णेल उजीरसिंह ‘पाल्पा गोल्डकप फुटबल’ प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा स्याङजाको होराइजन फुटबल क्लब वालिङले २८ बिघा युथ क्लब पूर्व नवलपरासीलाई ३–१ गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।

तानसेन टुँडिखेलमा भएको खेलमा वालिङका लागि पहिलो हाफको पहिलो मिनेटमै विवेक चौधरीले गोल गरेर खेललाई अग्रता दिलाए । उनको गोललाई २८ बिघा नवलपरासीले २८ औं मिनेटमा राज भुसालले गोल गरेर खेल बराबरीमा ल्याए । ५५ औ मिनेटमा वालिङका विवेकले अर्को गोल थपेर खेल २–१ मा पु¥याउन सफल भए ।

आक्रामक र पटकपटक पोष्ट प्रहार गर्ने क्रममा वालिङका टेकराज गुरुङले ७५ औं मिनेटमा गोल थपेर खेललाई बलियो स्थितिमाम पु¥याउन सफल भए । शनिबारबारको खेलमा दुई गोल गरेर टिमलाई बिजयी बनाएका विवेक म्यान अफ द म्याच घोषित भए । उनले नगद ३ हजार पाए ।

आइतबार रोड्स रामपुर चितवन र बीर गोर्खाली लखनउ भारतबीच तेस्रो क्वार्टर फाइनल खेल हुने आयोजक पाल्पा जिल्ला फुटबल संघका प्रचार-प्रसार संयोजक करण चित्रकारले जानकारी दिए ।

जेठ २७ गतेसम्म चल्ने प्रतियोगिताका विजेताले ३ लाख र उपबिजेताले १ लाख ५० हजार रुपैयाँ पाउने एन्फा पाल्पाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया