पाल्पामा बोलोरो जीप दुर्घटना, ३ जनाको मृत्यु

पाल्पा। पाल्पामा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

पश्चिम पाल्पाको रैनादेवी छहरा ८ सत्यवतीमा सालझण्डीदेखी अर्घाखाँचीको पाणिनीतर्फ जादै गरेको लु१ च ९०२४ नम्बरको बलेराे जिप दुर्घटना भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा दुई महिला र एकजना पुरुषको घटनास्थलमै मृत्यु भएको छ।

जम्मा १५ जना सवार रहेको उक्त सवारीमा रहेका अन्य यात्रुहरू घाइते रहेका छ्न सबै घाइतेलाई रुपन्देहीको अस्पतालमा पठाएको प्रहरीले जनाएको छ।

मृतकको सनाखत हुन सकेको छैन भने घाइतेमध्य केहिको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले जानकारी दिए।

दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। सवारी सडकदेखि करीब ४० मिटर तल खसेको छ ।

तपाईको प्रतिक्रिया