रानीमहल नजिकै भारतीय पर्यटक बोकेको सवारी दुर्घटना, तीन जना घाइते

तानसेन। पाल्पास्थित रानीमहल नजिकै भारतीय नम्बर प्लेटको सवारी दुर्घटना भएको छ । भारतबाट पर्यटक लिएर रानीमहल घुम्न आएको सवारी दुर्घटना हुँदा तीन जना घाइते भएको बताइएको छ ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिए।

बुधबार दिउँसो भएको दुर्घटनाको थप विवरण आउन बाकी रहेको प्रमुख मल्ले बताए ।

तपाईको प्रतिक्रिया