तानसेन । रानीमहल नजिकै भारतीय पर्यटक बोकेको सवारी दुर्घटना भएको छ । भारतको गोरखपुरबाट रानीमहल घुम्नका लागि पर्यटक बोकेर आएको सवारी रानीमहल नजिकै दुर्घटना भएको हो ।
तानसेन रानीमहल सडक खण्ड अन्तरगत रानीमहल नजिकै युपी ५५ वाइ ३३०१ नम्बरको सवारी सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिए।
मल्लका अनुसार उक्त सवारीमा चार जना सवारमध्ये तीन जना घाइते भएको र घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।
दुर्घटना बारे थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।



