तानसेन। मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले सामाजिक न्याय र सबैलाई शिक्षाको उदेश्य अहिलेसम्म पूरा हुन नसकेको बताएका छन् । संघीयतापछि पनि शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान हुन नसकेको उनको भनाई छ।
विश्व रक्तदाता दिवसको अवसरमा पाल्पामा आयोजित जिल्लास्तरीय वकतित्वकला प्रतियोगितलाई सम्बोधन गर्दै पूर्व अध्यक्ष रेग्मीले नागरिकलाई पूर्ण साक्षर नबनाइकन समान रुपान्तरण र उच्च स्तरको सत्य समाज निर्माण गर्न नसकिने बताएका हुन्।
“शिक्षा क्षेत्र व्यवहारमुखी हुन नसक्दा नैतिकता स्खलन भएको बताउदै उनले भने, अहिले पनि काही पालमा विद्यार्थीले पढ्नुपरेको छ काहीँ भनव निर्माण हुँदा पनि विद्यार्थी नहुँदा समस्या छ । यस्तो अवस्थामा शिक्षाको विकास कसरी हुन्छ?” उनले भने ।
उनले शिक्षाको विकासका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताए । उनले युवा र विद्यार्थीले गर्दै आएको रक्तदानको उच्च सम्मान रहेको बताउदै रक्तदानमार्फत मृत्युको मुखबाट समेत मानिसको जीवन बचाउने भएको हुँदा रक्तदानलाई जीनवदानको रुपमा हेरिएको बताए । उनले शिक्षामा विकास भएमा स्वास्थ्यसंगै समाज रुपान्तरण हुने हुँदा रक्तदान तथा अन्य क्षेत्रको समेत विकास गर्नका लागि सबै जिम्मेवार हुनुपर्ने भनाइ राखे ।
यस्तै लुम्बिनी प्रदेशसभा सदस्य खेम बहादुर रानाले युवाले गरेको योगदानले देश विकासमा टेवा पुगेको बताए । रक्तदान गर्नाले दोस्रो व्यक्तिको जीवन रक्षामा योगदान पुग्ने हुँदा यसबारे सचेतना फैलाउनुपर्ने रानाले बताए ।
कार्यक्रममा निताउ गाउँपालिकाका अध्यक्ष प्रेम क्षेष्ठ, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, रेडक्रस पाल्पाका पूर्व सभापति बुद्धिप्रसाद शर्मा, निर्णायक समतिका संयोजक टंक पन्तलगायतले रक्तदान तथा युवाहरुको भूमिाका बारेमा धारणा राखेका थिए ।
नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको आयोजना रक्तदान जीवनदानमा युवाको भूमिका विषयक जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा पाल्पाली संगम अमेरिका ,व्लड डोनर्स अफ अमेरिकाले गरेको थियो ।
जिल्लाभरका १९ जना विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितमा रामपुरस्थित रामतुलसी माविकी सुरक्षा घिमिरे प्रथम, न्यू होराइजन मावि तानसेनकी कृषला ढुंगाना दोस्रो तथा तानसेनकै दमकडा माविकी सपना भण्डारीले तेस्रो स्थान हासिल गरे।
उनीहरुले क्रमशः ५०, ३० र २० हजार नगतसहित प्रमाणपत्र प्रदान गरिएको छ।






















