रामपुर नगरपालिका पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा

पाल्पा। पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । पूर्ण खोपको मात्रा छुटेका बालबालिकाहरुलाई खोप दिए संगै नगरपालिकालाई बुधबार पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरीएको हो ।

रामपुरलाई घोषणा गरे संगै जिल्लाका १० वटै पालिका पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा भएको छ । रामपुर नगरपालिकामा एक कार्यक्रम गरी जिल्ला खोप समन्वय समिति पाल्पाले प्रमाण पत्र हस्तान्तरण गरेको हो ।

रामपुरलाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गर्दै जिल्ला खाेप समन्वय समितिका प्रमुख टंकनाथ खनालले स्वास्थ्य र शिक्षामा गरिएको लगानी तत्काल नदेखिने भए पनि बालबालिकाको भविष्यमा यसको महवपूर्ण प्रभाव रहने बताए।

उनले भौतिक संरचनासंगै स्वास्थ्य र शिक्षामा लगानी वृद्धि गर्न आग्रह गरे। उनले पछिल्ले समय सर्ने रोग भन्दा पनि नसर्ने रोगको संक्रमण बढ्दै गएको भन्दै यस तर्फ सचेत हुने समय आएको बताए। खोपले बाल मृत्युदर र मातृमृत्युदर घटे पनि मनोसमाजिक परामर्शको आवश्यकता खड्कीएको प्रमुख खनालले उल्लेख गरे।

रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले दिर्घकालिन विकास भनेको स्वास्थ्य र शिक्षामा लगानी भएको भन्दै नगरपालिकाले विगतको वर्षको तुलनामा थप कार्यक्रम सञ्चालन गर्ने बताए।

पूर्ण खोप सुनिश्चितता घोषणा गर्नका लागि सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरे। उनले उपचारको उत्तम उपाय विश्वास, बोली, व्यवहार भएको भन्दै नगरभित्रका स्वस्थ्यकर्मीहरुलाई यसमा विषेश ध्यान दिन आग्रह गरे।

रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापाले सामाजिक विकास विना पूर्वाधार विकासलेले सार्थकता नपाउने भन्दै शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताइन् ।

स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र कुमार गिरिले खोपक पूर्ण रुपमा निशुल्क हुँदा हुँदैपनि नेपालमा विविध कारणले ४ प्रतिशत बच्चाले पूर्ण मात्रा बाट बञ्चित हुने गरेको बताए। उनले  यसका लागि सबै सरोकारवालाहरु जिम्मेवार भएर लाग्नु पर्ने बताए।

उनले संविधानबाट नै निर्देशित कार्यक्रम अनुसार खोपको कार्यक्रम भैरहेको बताउदै रामपुर र निस्दीमा घोषण भएसंगै जिल्लाका १० वटै पालिका पूर्णखोप सुनिश्चित भएको बताए।

 

रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले आज र हिजोबाट नभै पूर्णखोप दिगोपना सुनिश्चितता २०७० बाटै सञ्चालनमा रहेकाले यसलाई कायम राख्न सबै आआफ्नो स्थान बाट अझ सक्रिय भएर लाग्नु पर्ने बताए।

नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडाध्यक्ष कपिल बहादुर खाँणले खोप बालबालिकाको लागि अपरिहार्य रहेको भन्दै वडा तथा जनप्रतिनिधिहरु प्रतिबद्ध भएर लागि पर्ने बताए।

जनविकास माध्यमिक विद्यालय रामपुर ३ का प्रधानाध्यापक पशुपति खनालले सबैको प्रयासले उपलब्धी प्राप्त भएको बताए।

स्वास्थ्य कार्यालय पाल्पाका खोप अधिकृत विश्वनाथ न्यौपानेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै संविधानले पूर्ण खोप सुनिश्चितताको व्यवस्था गरेको र सोही अनुसार प्रत्येक वर्ष लाईन स्टिङ्ग गरी छुटेको खोप दिलाउने कार्य हुँदै आएको बताए।

रामपुर नगरपालिका स्वस्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले जेष्ठ २९ सम्ममा रामपुरमा १५ महिनासम्मका ५ सय ८९ र १६ महिना देखि २३ महिना सम्मका ४ सय ३० बालबालिकालाई खोप प्रदान गरिएको जानकारी दिए।

नियमित खोप बाट छुटेका ५ बालबालिकाहरुलाई रामपुर अस्पताल बाट पूर्ण खोप प्रदान गरिएको बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम, स्वास्थ्य शाखा प्रमुख घिमिरेको स्वागत र गाँडाकोट स्वस्थ्य चौकी प्रमुख मजिबुर रहमान शेखको सञ्चालनमा भएको हो ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer