पाल्पामा पौडी खेल्ने क्रममा डुबेर गुल्मीका युवकको मृत्यु

पाल्पा। पाल्पामा पौडी खेल्ने क्रममा डुरेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ७ का १८ वर्षीय अभिषेक परियार रहेको प्रहरीले जनाएको छ।

रुपन्देहीको बुटवलमा अध्ययनका लागि डेरा गरी बस्दै आएका परियार शनिबार दिउँसो तिनाउ गाउँपालिका वडा नं. ३ झुम्सास्थित तिनाउ खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका थिए।

बेहोस भएका परियारलाई उद्दार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएकोमा दिउँको साडे १ बजे मृत्यु भएको
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।

पछिल्लो समय चर्को गमीका कारण पौडी खेल्ने क्रम बढेको छ।

पाल्पाको रामपुरका केही दिनअघि मात्रै कालीगण्डकीमा नुहाउने क्रममा डुबेर एक बालिका पनि बेपत्ता भएको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया