तानसेन। दोभानस्थित तिनाउ खोलामा डुबेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–११ बस्ने ३४ वर्षीय लोकप्रसाद रजाली रहेको प्रहरीले जनाएको छ ।
रुपन्देहीबाट पिकनिक खान आएका रजाली पिकनिक खाएको स्थानदेखि १०० मीटर नजिकै पानीभित्र डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पाका प्रहरी प्रवक्ता वीरेन्द्र थापाका अनुसा रजालीलाई उपचारको लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । यसैबीच पाल्पामा शनिबार मात्रै दोभानकै ड्यामा पौडी खेल गुल्मीक ए पुरुषको समेत मृत्यु भएको थियो ।
यस्तै केही दिन अघिमात्रै रामपुरस्थित कालीगण्डकीमा नुहाउने क्रममा डुबेर एक बालिका पनि बेपत्ता भएको प्रहरीले जनाएको छ।