बालविवाह न्यूनिकरण गर्न माथागढीमा छलफल

तानसेन। पाल्पाको माथागढी गाउँपालिकाले बालविवाह न्यूनिकरण गर्न अन्तरक्रिया गरेको छ । पालिकास्थित विद्यालयका विद्यार्थी, बाल क्लव, युवा क्लवहरुका प्रतिनिधिहरु सहभागितामा बाल विवाह न्यूनिकरणका लागि गर्न सकिने पहल बारे छलफल गरिएको हो।

उक्त कार्यक्रमका प्रमुख अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले बाल विवाह न्यूनिकरणमा बालबालिका सँगै उनीहरुको अभिभावकहरुको प्रमुख दायित्व रहेको बताए।

अध्यक्ष चिदीले समाजमा रहेको कुरिति र अन्धविश्वासको कारणसमेत यस्तो प्रचलन बढेको भन्दै बालविवाह गर्नेलाई कानूनीसँगै सामाजिक रुपमासमेत बहिस्कार गर्नुपर्ने बताए । उनले बालविवाह रोक्न सचेतनासँगै शिक्षा र चेतनास्तरको विकास आवश्यक रहेको बताए।

 

गाउँपालिकाले बालविवाह रोक्ने कार्यक्रमहरु, बालमैत्री कार्यक्रमलगायतका कार्यक्रमहरु संचालन गरेको बताए। उपाध्यक्ष विष्णुमाया लुंचेले बालविवाह गर्नु भनेको कानूनत र शारीरिक दृष्टिलेसमेत जोखिम रहेकोले जोखिम न्यूनिकरणमा सबैको दायित्व रहेको बताइन्।

कार्यक्रममा वडा अध्यक्षहरु तेज बहादुर घर्ती, राजकुमार पन्थी, प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवाली, कार्यपालिकाका सदस्यहरु, स्वास्थ्य शाखाका प्रमुख केशव बहादुर जिसी, शिक्षा सहायक अमृत अधिकारीलगायतले बाल विवाह न्यनिकरणका लागि गर्न सकिने पहलबारे धारणा राखेका थिए ।

विद्यालय र बाल तथा युवा क्लवका सहभागिले बाल विवाह न्यूनिकरणका लागि गर्न सकनिे कार्यबारे सामुहिक प्रस्तुति गरेर छलफल चलेको थियो। उक्त कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखाको प्रमुख पुनम चिदीले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया