रिब्दीकोट गाउँपालिकाको १३ औं गाउँसभा सुरु (भडियोसहित)

तानसेन। पाल्पाको रिब्दीकोट गाउँपालिकाले गाउँसभाको १३ औँ अधिवेशन मङ्गलबारबाट सुरु गरेको छ । पाललिकाको सभाहलमा सुरु भएको सभामा पालिका अध्यक्ष नारायण बहादुर कार्कीले आगामी आर्थिक वर्ष २०८०।८१ का लागि वार्षिक नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका हुन् ।

समृद्ध रिब्दीकोट निर्माणको आधार ,शिक्षा,कृषि र पर्यटन पूर्वाधार भन्नेको नारासहित विकास र समृद्धिको परिकल्पनालाई साकार पार्न गाउँपालिकाको बृहत् गाउँ विकास योजनाको आधारमा नीति तथा कार्यक्रम अगाडि बढाएको बताए । १०६ बुदाँमा रहेको नीति तथा कार्यक्रम यस प्रकार रहेको छ ।

हेर्नुहाेस् भिडियाेः


सभाका सदस्यहरुले उक्तल नीति था कार्यक्रममा थप गर्नुपर्ने विषयबारे सुझाव दिएका थिए।
सभाका अध्यक्ष नारायण बहादुर कार्कीले पेश गरेको आर्थिक नीति तथा कार्यक्रम सभाका सदस्यहरूले बहुमतका साथ पास गरेका छन ।

आगामी असार ८ गते सभाका उपाध्यक्ष एवम गाउँपालिकाका उपाध्यक्ष कान्ता अधिकारी आर्थिक वर्ष २०८०।०८१ को बजेट प्रस्तुति गर्ने सभाका अध्यक्षले बताए ।

कार्यक्रमको सञ्चालन सभाका सचिव एवम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया