
तानसेन। असारको पहिलो साता सकिदासम्म पनि पाल्पामा रोपाई सुरु हुन सकेको छैन् । विगतका वर्षमा यही समयमा करिब ३० प्रतिशत धान रोपाई सम्पन्न हुने पाल्पा फाटहरुमा यो वर्ष पर्याप्त पानी नहुँदा रोपाई सुरु हुन नसकेको हो।
लामो खडेरीका कारण किसानले ब्याड राख्न नपाएको र राखेको व्याडसमेत हुर्कन नपाएर धाजा फाटेका कारण रोपाई सुरु हुन नसकेको किसानले बताएका छन् ।
सिचाई सुविधा नहुँदा माडी फाटसंगै रामपुर, अर्गली, पूर्वखोला, बासटारी, झडेवा लगायतका फाटहरुमा धान रोपाई हुन नसकेको हो ।
अहिले पूर्वखोला तथा माथागढीको झडेवाका खोला छेउँमा मात्रै केही मात्रामा रापाई भएको र अन्य स्थानमा रोपाई सुरु हुन नसकेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।
हालसम्म करिब ५ प्रतिशत क्षेत्रमा मात्रै धान रोपाई भएको कृषि ज्ञान केन्द्र पाल्पाकी प्रमुख कामना अधिकारीले जानकारी दिइन् ।
पाल्पामा कुल खेतीयोग्य जमिनमध्ये आठ हजार ७ सय ५० हेक्टर क्षेत्रफलमा वर्षे धान रोपाई हुने गरेको छ।