पाल्पाका फाँटहरुमा २० औं धान दिवस मनाइयो [फाेटाेसहित]

तानसेन। असार १५ लाई मानो रोपेर मुरी उब्जाउने मुख्उ दिन मान्ने गरिन्छ । किसानले यो दिनमा वर्षभरी खानका लागि धान रोपाइँ गर्ने गर्दछन् । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि हरेक वर्ष १५ असारलाई राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर यो दिवस मानउने प्रचलन देशैभर रहको छ ।

 

पाल्पाका स्थानीय तहहरु तथा कृषि ज्ञान केन्द्रले विभिन्न फाटँहरुमा धान दिवस मनाएको छ । पाल्पाका माडीफाटँ, नैबिसे, लघुवालगायतका स्थानमा धान दिवस मनाइएको हो ।

यो वर्ष ढिला मनसुन सक्रिय भएपनि गत रातिदेखि निरन्तर पानी परेका कारण किसानहरु खेतहरुमा खुसी भएरै धान विस मनाएका थिए ।

कृषि ज्ञान केन्द्र पाल्पाकी प्रमुख कामना अधिकारीका अनुसार १५ असारसम्म जिल्लामा करिब ४० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

 

तपाईको प्रतिक्रिया