‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकार कमलप्रसाद कोइरालालाई

तानसेन। ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८’ वरिष्ठ पत्रकार कमलप्रसाद कोइरालालाई प्रदान गरिएको छ। पुष्पलाल स्मृति प्रतिष्ठानले पत्रकार कोइरालालाई १ लाख ११ हजार १ सय ११ राशीको पुरस्कार प्रदान गरेको हो।

तानसेन नगरपालिकाको सहयोगमा स्थापित उक्त पुरस्कार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, प्रतिष्ठानका अध्यक्ष गोविन्दप्रसाद भट्टराई, जिल्ला समन्वय पालपाका प्रमुख टंकनाथ खनाल, तानसेन नगरपालिकाकी कार्यबहाक प्रमुख प्रतिक्षा सिंजालीले नगद, सम्मानपत्र, दोसल्ला र पाल्पाली ढाका टोपीसहित प्रदान गरे ।

पुष्पलालका समकालीन, पत्रकार कोइराला राणाशासनको अन्त्यपछि आफ्ना पिता मातृकाप्रसाद कोइराला मुलुकको कार्यकारी प्रधानमन्त्री बन्दासमेत आफू कम्युनिस्ट बनेर लेखन कला र पत्रकारितामा सक्रिय थिए।

पूर्वराजदूतसमेत रहेका कोइरालाको जन्म मोरङमा भएको थियो ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer