वर्षाका कारण पहिराेको समस्या

तानसेन। बिहीबार रातिदेखि निरन्तर परेको वर्षाका कारण पाल्पाका सडकहरु अवरुद्ध हुन थालेका छन् । वर्षासंगै लेदो खसेर जिल्लास्थत सिद्धार्थ राजमार्गका केही स्थान र ग्रामीण भेगका सडकहरु अवरुद्ध भएका हुन् ।

सिद्धार्थ राजमार्ग अन्तरगत तानसेन बुटवल खण्डको सिद्धबाबा मन्दिर नजिकै ठूलो भल खस्दा साना सवारी आवागमनमा समस्या भएको यात्रुहरुले बताएका छन् । यस्तै सोही राजमार्गको बर्तुङ्ग राम्दी खण्डको सेरा र सर्दीखोलामा पनी लेदोसहितको पहिरोले सवारी आवागमनमा समस्या भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लका अनुसार सडक डिभिजन र प्रहरीको सहयोगमा पहिरो पन्छाएर सवारी पास गरिदै आएको छ । तर नियमित सवारी संचालनमा भने समस्या भएको पमुख मल्लले बताए ।

यस्तै जिल्ला सदरमुकामबाट ग्रामीण क्षेत्रमा संचानल हुने सडकहरुमा पहिरो खस्ने भासिने जस्ता समस्या देखा पारेका छन् ।

नयाँ सडक खोलिएका स्थानमा पहिरो खस्दा भलले खोल्दा सहज रुपमा सदरमुकम र अन्य गन्तव्यमा पुग्न समस्या भएको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया