
तानसेन। लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकार जनताको सरकार बनेको बताएका छन् । उनले प्रदेश सरकारले सबै नागरिकको गुनासो सुनुवाई गरेर बजेट विनियिोजन गरेर विपन्न नागरिकलाई स्वरोजगार बनाउनेतर्फ आफ्नो नेतृत्व लागि परेको बताए।
नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मुख्यमन्त्री चौधरीले प्रदेश सरकारको मुख्य लक्ष्य भनेको समृद्धि हासिल गर्ने भएको हुँदा त्यो समृद्धि पूर्वाधार विकास भन्दा नागरिकको आर्थिक स्तर वृद्धिबाट ल्याउनेगरी काम गर्ने बताए।
कमजोर वर्गलाई आय–आर्जनमा जोडेर मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने बताउँदै मुख्यमन्त्री चौधरीले भने, ‘जसको आयस्तर कमजोर छ, ती वर्गलाई रोजगारमा जोड्न जरुरी छ । उनीहरूको आम्दानी बढ्यो भने मात्र वास्तविक रुपमा समृद्धि आउँछ । त्यसैले प्रदेश सरकारले रोजगार दिने संस्था र व्यक्तिलाई सहयोग गर्नेगरी कार्यक्रम र बजेट बनाएको छ ।’
युवा, महिला, दलित तथा तल्लो तहसम्मको नागरिकको जीवनस्तरमा सुधार हुन नसक्दासम्म देशको विकास सम्भव नभएको मुख्यमन्त्री आर्थिक विकास कार्यक्रममाफर्त स्थानीय तहसंगको समन्वयमा कार्य गर्ने उनले बताए।
प्रदेशको बजेट निर्माण र कार्यान्वयनको अवस्था हेर्दा हरेक नागरिकलाई छुनेगरी प्रदेश सरकारले बजेट ल्याएको उनले दावी गरे। बजेट हजारमा ल्याउँदा कहीकतै बढी बजेट र साना र टुक्रे योजना पनि परेको उनले बताए ।
कतिपय सङ्घीय सरकारका योजना ५०–६० हजारका पनि भएकाले त्यस्ता विकृति हटाउन सङ्घीय सरकारसँग छलफल भइरहेकोमुख्यमन्त्री चौधरीले बताए ।
पत्रकारहरुको जिज्ञासामा आफ्नो नेतृत्वको सरकार मिडियामैत्री भएको हुँदा संचार क्षेत्रको विकासका लागि पत्रकार महासंघसंग छलफल गरेर अघि बढ्ने पन उनले बताए ।
केही सञ्चार माध्यममबाट गलत सूचना सम्प्रेषण हुँदा त्यसको नकारात्मक प्रवाव परेको हुँदा प्रदेश सरकारले गरेका कामको यथार्थ समाचार बाहिर ल्याउनका लागि मुख्यमन्त्री चौधरीले पत्रकारलाई आग्रह समेत गरे।