पहिरोले सिद्धार्थ राजमार्ग र कालीगण्डकी करिडोर बन्द

तानसेन। निरन्तरको अविरल वर्षाका कारण पाल्पास्थित सिद्धार्थ राजमार्ग र कालीगण्डकी करिडोरको आवागमन अवरुद्ध भएको छ । वर्षाका कारण उक्त सडकको विभिन्न स्थामा पहिरोले सडक बन्द भएको हो ।

राजमार्गको माथिल्लो भागबाट खसेको लेदो र गेग्रानले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको हो। सडक विस्तारका क्रममा फालिएको गेग्रान बगेर आउदाँ राजमार्गको माथागढी गाउँपालिका–१, चिदीपानीस्थित धैरेनीमा सडक अवरुद्ध छ ।

यस्तै सोही राजमार्गको बगनासकाली गाउँपालिका–४, सेरामा पनि माथिल्लो भागबाट गेग्रान र लेदोसहितको पहिरो खसेर सवारी आवागमनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिए।

यस्तै तानसेन बुटवल खण्डको डुम्रेमा पनि पहिरोले गर्दा एकतर्फी रुपमा सवारी संचालन भएको प्रहरीले जनाएको छ । पहिलो पन्छाएर सवारी सञ्चालनको प्रयास भने जारी छ । तर पानी परिरहदा पहिरो खस्ने क्रम नरोकिएको हुँदा आवागमनमा समस्या भएको यात्रुहरुले बताएका छन् ।

यस्तै कालीगण्डकी करिडोरस्थित पिपलडाँडा रामपुर खण्डको सर्दीखोला नजिकै खसेको पहिरोले सडक पूर्ण रुपमा बन्द भएको प्रहरीले जनाएको छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण गेग्रानसहितको पहिरोले राजमार्ग अवरुद्ध भएको हुँदा लामो तथा छोटो दूरीका लागि छुटेका सवारी समयमा गन्तव्यमा पुग्न सकेका छैनन् ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको