माथागढीमा समुदायमै सामाजिक सुरक्षा भत्ता वितरण

तानसेन। पाल्पाकाे माथागढी गाउँपालिकाको ग्रामीण वडाको समुदाय स्तरमै गएर सामाजिक भत्ता वितरण गरिएको छ ।  गाउँपालिकाकाे पञ्जिकरणसेवा इकाईको आयोजना तथा नेपाल ईन्भेष्मेन्ट मेघा बैकको समन्वयमा पालिकाका पाँच  वटा वडामा   चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हाे।

सामाजिक सुरक्षा भत्ता अन्तर्गतको विनियोजित चौथो त्रैमासिकको २ करोड ९९ लाख १८ हजार ३ सय २० मध्ये मेघा बैंकबाट १ करोड ५२ लाख ५७ हजार तीन सय उनानव्वे रुपैया वितरण गरिएको छ ।

गाउँपालिकाले ग्रामीण क्षेत्रका स्थानीयको असुविधालाई मध्ये नजर गरेर मेघा बैंकसँग सहकार्य गरेर टोलटोलमै वृद्ध भत्तालगायतका सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरी कार्यक्रम गरिएको गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले जानकारी दिए।

सामाजिक सुरक्षा पाउने लाभग्राहीलाई वर्षातको समयमा समस्या नहोस भनेर वर्षातमा समेत घरदैलोमै पुगेर भत्ता वितरण गरिएको पालिकाले जनाएकाे छ ।  पालिकाले अाउने वर्षदेखि सामाजिक सुरक्षा भत्ता वितरणका लागि आगामी नीति तथा  कार्याक्रमसमेत बनाएकाे जनाएकाे छ ।

तपाईको प्रतिक्रिया