पाल्पामा सस्कृति जोगाउन मनाइयो घण्टाकर्ण

तानसेन। पाल्पामा घण्टाकर्ण पर्व मनाइएको छ । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने घण्टाकर्ण पर्व पाल्पा सदरमुकाम तानसेनमा मनाइएको हो ।

नेवार समुदायले गठेमङ्गल पर्व भन्ने यो पर्व पाल्पामा भने पछिल्ला वर्षमा सस्कृति जोगाउनका लागि मनाइको पाइएको छ। विगतमा अन्य जात्रा सुरु भएको जानकारीका रुपमा पनि यो पर्व मनाउने प्रचलन थियो ।

पहिले टोलटोलमा नर्कट र पातीको मिश्रणबाट बनाइएको राक्षस अर्थात् गठाःमुंगको पातीकै शारिरीक बनावट बनाएर धेरै मानिसको सहभागितमा मनाइने यो पर्व अहिले केही समुदाय र संस्थाहरुले संस्कृति जोगाउनका लागि मात्रै गर्दै आएका छन् ।

यो वर्ष पाल्पाक सदरमुकाम तानसेनका केही चोकहरुमा देउराली सास्कृतिक प्रतिष्ठानले पर्व मनाउन सहयोग गरेको प्रतिष्ठानका अध्यक्ष मदन देउरालीले बताए ।

विगतमा चोक चोकहरुमा मनाइने यो वर्ष अहिले जिल्ला सदरमुकामका केही चोकमा मात्रै सिमित भएको छ । परापूर्व कालमा नेपालमा गठामङ्गल नाम गरेको एउटा यस्तो राक्षस रहन्थ्यो जसलाई सत्य निष्ठामा रहेका मानिस मन पर्दैनथ्यो ।

सत्य निष्ठामा रहेका मानिसलाई मारिदिन्थ्यो । सत्य वचन सुन्नुपर्ला भनेर सँधैं चिन्तित रहन्थ्यो । गठामुङ्गल राक्षसले आफ्नो कानमा सोह्रसत्र धार्नीको घण्टा झुण्ड्यायो अनि घण्टाको आवाजले सत्य वचन र राम्रा कुरा सुन्नु नपर्ने भयो भनी ढुक्क भयो भन्ने किम्बदन्ती रहेको छ ।

यो पर्वलाई जात्राहरुको सुरुवात भएको संकेतका रुपमा पनि लिने गरिन्छ । मानवता विरोधी घण्टाकर्ण राक्षस मारिएको दिन श्रावण कृष्ण चतुर्दशी परेकाले यस दिनलाई घण्टाकर्ण चतुर्दशी पनि भन्ने गरिन्छ ।

पाती र अन्य घरेलु सामग्रीको प्रयोगबाट बनाइने घण्टाकर्णलाई घाम अस्ताएपछि राँको बालेर भूत भगाइन्छ र पुतलाका रुपमा रहेको राक्षसलाई नजिकको नली र खोलामा लगेर सेलाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया