भगवती गुठीको अध्यक्षमा अशोक महर्जन

तानसेन। तानसेनस्थित ऐतिहासिक रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी अशोक कुमार महर्जनले पाएका छन् । गुठी संस्थानले सोमबार मालपोत कार्यालय पाल्पालाई पत्र लेख्दै काम, कर्तव्य र अधिकारसहित मर्हजनलाई अध्यक्षको जिम्मेवारी तोकेको हो ।

तानसेन नगरपालिका वडा नं. ३ मा रहेको श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समिति गठन गर्न गत असार २० गते तानसेनमा बसेको सर्वपक्षिय भेलाले संस्थानलाई समिति गठनका लागि पत्राचार गरेको थियो ।

समितिको सदस्य सचिवमा प्रकाशनाथ गंगोल, सदस्यहरुमा तुमला बज्राचार्य, रिता कक्षपति, पुरन महर्जन, राजीव श्रेष्ठ, सुरेश लिगल, महेशलाल शाक्य र सोभित प्रधान रहेका छन् ।

राजगुठीको समुचित सञ्चालन र व्यवस्थापन गर्ने कानूनी उत्तरदायित्व अनुसार काम गर्न तथा परम्परादेखिको साँस्कृतिक कार्य गर्ने अधिकार गुठी व्यवस्थापन समितिलाई दिइएको पत्रमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया