नेकपा एस पाल्पाका अध्यक्ष पाण्डेको सम्झनामा स्मृति कोषसँगै वृक्षारोपण

तानसेन। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाका अध्यक्ष खिमानन्द पाण्डे (कमल)को सम्झनामा स्मृति कोष स्थापनाको घोषणासँगै वृक्षारोपण गरिएको छ ।

असार २२ गते हृदयघातका कारण निधन भएका ५२ वर्षीय पाण्डेको सम्झनामा परिवारले स्मृति कोष स्थापना गर्ने घोषणा र वृक्षारोपण गरेको हो ।

परिवारले १२ औं दिनको पुण्य तिथिमा स्मृति कोष स्थापना गर्ने घोषणा गरेको समाजवादी प्रेस संगठन पाल्पाका अध्यक्ष पदम गैरेले जानकारी दिए । स्मृति कोषबाट विभिन्न सामाजिक कामहरु गरिने स्वर्गीय पाण्डेका छोरा शंकर पाण्डेले बताए ।

बुवाको सामाजिक क्षेत्रमा समर्पित हुँदा हुँदै निधन भएकाले सामाजिक क्षेत्रमै काम गर्ने गरी स्मृति कोष स्थापना गरिने उनले बताए ।

यस्तै परिवारले स्वर्गीय पाण्डेको सम्झनामा वृक्षारोपण समेत गरेको हो । जसमा बोधि वृक्ष, कपुर, श्रीखण्ड, रूद्राक्ष,बिरुवा लगाइएको छ । परिवारसँगै पूर्व मन्त्री एवं एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेयसहितका नेताहरुले वृक्षारोपण गरेका हुुन् । दिवंगत पाण्डेको नाममा ट्रष्टले स्मृति ग्रन्थ समेत निकाल्ने समाजवादी प्रेस संगठन पाल्पाका अध्यक्ष पदम गैरेले जानकारी दिए।

तपाईको प्रतिक्रिया