
तानसेन। जिल्ला प्रहरी कार्यालय पाल्पाले गत आर्थिक वर्षभित्र भएका घटना र कार्यहरुको जानकारी दिएको छ। पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक हेरम्ब शर्माले पत्रकार सम्मेलन गरी वार्षिक समीक्षा तथा कार्यको विवरण सार्वजनिक गरेका हुन् ।
सो अवसरमा जिल्ला घटेका घटनामध्थे सबैभन धेरै आत्महत्याका घटना रहेको प्रहमुख शर्माले बताए । पछिल्लो तीन आर्थिक वर्षलाई तुलना गर्दा आर्थिक वर्ष २०७९।८० मा ८६ जनाले अत्महत्यामा गरेको पाइएको छ ।यस्तै आर्थिक वर्ष २०७७।७८ मा ७६ जना र २०७८।७९ मा ७२ जनाले अत्महत्या गरेको प्रमुख शर्माले बताए ।
पछिल्लो समय आत्महत्याका घटना बढ्नुका पछाडि मानसिक रोग, अपमान बोध, लागुऔषध सेवन, मादक पदार्थ सेवन, चरम आर्थिक नोक्सानी, असफल प्रेम जस्ता कारण मुख्य रहेको पाइएको प्रमुश शर्माले बताए।
यस्तै उदास र निराशावादी भावना, अत्याधिक रिस, गम्भीर रोग लाग्नु, असन्तुष्टि, दुव्यबहार पारिवारीक कलह, उच्च अपेक्षा जस्ता कारणले आत्महत्याका घटनामा वृद्धि भएको प्रमुख शर्माले बताए।
यस्तै नदिजन्य वस्तुको उत्खनन गत आर्थिक वर्षमा बढेको प्रमुख शर्माले बताए। कालीगण्डकी नदी तथा अन्य खोलाहरुमसमेत नदिजन्य वस्तुको चोरी निकासी बढेकोमा प्रहरीको सक्रियतामा त्यस्ता सावारी र मानिसलाई नियन्त्रणमा लिइ सम्बन्धीत स्थानीय तहलाई जिम्मा लगाइएको प्रमुख शर्माले बताए ।
शर्माका अनुसार आर्थिक वर्ष २०७९।८० मा नदिजन्य चोरीका घटनाबाट ११६ सवारी पक्राउ परेका छन् । भने सोहि प्रकृतिको घटनामा आर्थिक वर्ष २०७७।७८ मा २७ र आर्थिक वर्ष २०७८।७९ मा ६३ वटा सवारी नियन्त्रणमा लिएर कारवाही गरिएको प्रहरीको तथ्याङ्क छ ।
यस्तै गत आर्थिक वर्षमा नदी तथा खोलामा डुबेर २३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै तिनाउ गाउँपालिकाभित्र पर्ने भुतखोला र दोभानस्थि ड्यामसाइडमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै गएको एक वर्षमा लागुऔषध अपराधका घटनामासमेत वृद्धि भएको छ ।यस प्रकारका घटनामा आर्थिक वर्ष २०७७÷७८ मा ६ जना पक्राउ परेकोमा आर्थिक वर्ष २०७८।७९ मा ६ जना तथा आर्थिक वर्ष २०७९।८० मा ११ जना अभियुक्त पक्राउ परेको प्रमुख शर्माले बताए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सवारी दुर्घटनामा परी आर्थिक बर्ष २०७७।७८ मा ५४ जना, २०७८।७९ मा तथा गएको आर्थिक वर्ष २०७९।८० मा ४० जनाको मृत्यु भएको छ।
पाल्पामा शान्ति सुरक्षाका हिसाबले सामान्य जिल्ला भएको हुँदा अपराधिक र ठूला घटना नभएको प्रमुख शर्माले सो बखत बताए । शर्माका अनुसार विभिन्न अपराधमा संलग्न केही अभियुक्त पक्राउ गर्न बाँकी रहेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रममा सचेतना तथा ट्राफिक प्रहरीको पहलमा सवारी दुर्घटना न्यूनीकरणका पहलहरु भएको बताए ।
प्रहरीले गत आर्थिक वर्षमा पत्ता लगाउन नसकेको घटनाका रुपमा रिब्दीकोट गाउँपालिका ५ स्थित कुसुमखोला माराबासको बृद्ध महिलाको हत्याको घटनालाई राखेको छ ।
यस्तै टिपर, ट्याक्टर र अन्य सवारी कारबाहीमा प्रहरीको सक्रियता, नियमित चेकजाच तथा समुदायमा प्रहरीले खेलेको भूमिकाले पनि जिल्लालाई शान्ति सुरक्षाका हिसाबले सहज बाउन सफल रहेको प्रहुख शर्माले बताए ।
पत्रकार सम्मेलनमा पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले प्रहरीले गरेका कार्य राम्रो रहेको र आगामी दिनमा पनि थप सक्रियता जनाउन अनुरोध गरे। पाल्पाका सञ्चार माध्यमबाट प्रहरीलाई पूर्ण रुपमा साथ रहेको जनाउदै गोप्य सूचना नलुकाउन र पत्रकारसंग साझेदारी गरेर अघि बढ्न सुझाव दिए ।
यस्तै पत्रकार मात्रव अर्याल, अनिल गिगल, यज्ञमूर्ती तिमिल्सिना मुक्ति न्यौपाने, भुवन रायमाझीलगायतले ग्रामीण भेगमा क्षमताबढी यात्रु र सामग्री बोक्ने सवारीलाई कारबाही गर्नुपर्ने, कतिपय स्थानमा प्रहरीको व्यवहारमाथि नै प्रश्न उठेको हुँदा अनुगमन र कारबाही गर्नुपर्ने, विपद्को बेला तथा चाडपर्व नजिएको हुँदा प्रहरीको भूमिका थप वृद्धि गर्नुपर्ने अवस्थाका बारेमा सुझाव दिएका थिए ।