
पाल्पा। गुल्मीमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका वडा नम्बर ४ काल ढुङ्गाका २१ वर्षीय शैलेस सिं ठकुरी रहेको प्रहरीले जनाएको छ ।
सोमबार साँझ ६ः०० बजेको समयमा आफ्नो साथीसँग मुसिकोट नगरपालिका वडा नम्बर ३ देविस्थान सामुदायिक जङ्गलमा सल्लाको बोटमा रहेको अरिङ्गालको गोलो पोल्न जाने क्रममा अरिङ्गालले टोकी घाइते भएका उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार घाइते ठकुरीको मङ्गलबार बिहान उपचारको लागि जिल्ला अस्पताल तम्घास लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।