तानसेन। तानसेन नगरपालिकाले टुँडिखेल प्रवेशमा रोक लगाएको छ । गत वर्ष ठूलो धनराशी खर्चेर लगाइएको धुबो मासिन थालेपछि नगर प्रहरी परिचालन गरेरै दुबो लगाइएको स्थानमा प्रवेश रोक लगाएको नगरपालिकाले जनाएको छ ।

वर्षाका बेला दुबो लगाएको स्थानमा अन्य मानिसको चहलपहल बढ्दा बदाम, खानेपानीका बोतलदेखि अन्य फोहेरमैलाका कारण दुबो मासिन थालेपछि प्रवेशमा रोक लगाइएको तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताए ।

जथाभावी फोहोर फाल्ने र दुबो चोरी समेत गर्न थालेपछि नगरपालिकाले नगर प्रहरी परिचालन गरेर दुबो जोगाउन लागेको प्रवक्ता कार्कीले बताए ।

बर्मुडा प्रजातीको दुबो धेरै पानी परेमा कुहिने समस्यासमेत देखिएको छ ।  ठूलो धनराशी खर्चेर स्तोन्नति गरेको टुँडिखेल संरक्षणमा हाल नगरपालिकालाई चुनौती थपिएको छ ।

निर्माण सम्पन्न भएर निर्माण कम्पनीले हस्तान्रण गरेपछि उक्त खेल मैदानमा पाल्पा गोल्ड कप तथा अन्य मैत्रीपूर्ण खेलहरु भने सञ्चालन भइसकेका छन् ।

तपाईको प्रतिक्रिया