पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ घाइते

तानसेन।  पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य पाँच जना घाइते भएको प्रहरीले जनाएको छ।

सोमबार बेलुका माथागढी गाउँपालिका वडा नं.२ स्थित बाँसटारी झडेवा सडक खण्डको भित्री खण्डमा माथागढीको झडेवाबाट रुप्सेका लागि छुटेको लु ४ त ६६३२ नम्बरको ग्याबिङ जाली बोकेको ट्याक्टर आफै अनियन्त्रित भई सडक छेउको पिल्लरमा ठक्कर खाई पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा माथागढी गाउँपालिका वडा नं. २ दोहोराका ३८ वर्षीय बेदप्रसाद भुषालको मृत्यु भएको हो।

दुर्घटनामा सोही स्थानका ३६ वर्षीय रिपबहादुर सारु, ४४ वर्षीय गोबिन्दबहादुर सारु, ३० वर्षीय नरध्वज सारु, २५ वर्षीय सरोज सारु र ३५ वर्षीय टोपबहादुर सारु घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।

घाइते सबैको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया