जनतासंग माओवादी अभियान सञ्चालन गर्न (माओवादी केन्द्र) पाल्पाको बैठक

तानसेन। नेकपा (माओवादी केन्द्र) जिल्ला कमिटी पाल्पाको बैठक सम्पन्न भएको छ । जन जनमा माओवादी, घर घरमा माओवादी भन्ने नारासहित तीन महिने अभियान जनतासंग माओवादी सञ्चालनको कार्य विभाजन गर्दै बैठक सम्पन्न भएको हो ।

तानसेनमा सम्पन्न भएको बैठकमा माओवादी पार्टीका केन्द्रीय सदस्य एंव लुम्बिनी प्रदेश सभा सांसद दिप्न्द्र पुन, सिजलको प्रमुख आथित्यता, पार्टीका केन्द्रिय सदस्य इन्द्रजित चौधरी, केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज अनिलकिशोर घिमिरे, निर्वाचन आयोग केन्द्रीय सदस्य चक्रबहादुर बुढा र लुम्बिनी प्रदेश कार्यालयका मुख्य सचिव यज्ञ पोखरेलले मन्तव्य राखेका थिए ।

यस्तै पार्टीको केन्द्रीय समितिको उद्देश्य अनुरुप जनतासंग माओवादी विशेष रुपान्तरण अभियानलाई घर घरमा पुर्याउन केन्द्रबाट खटिएका सबै केन्द्रीय प्रतिनिधिलाई जिम्मेवारी वडफाँड गरी सबै स्थानीय तहमा बैठकका लागि मितिसमेत तय भएको पार्टीका सचिव मथुरा ढकालले बताए ।

बैठकबाट केन्द्रदेखि खटिएका प्रतिनिधिमध्ये निस्दी र रामपुरमा यज्ञ पोखरेल, रम्भा, माथागढी र पूर्वखोला दिपेन्द्र पुन सिजल, तानसेन र बगनासकालीमा कृष्णध्वज खड्का र तिनाउ , रैनादेवी छहरामा तथा रिब्दीकोट गाउँपालिकामा इन्द्रजीत चौधरीको नेतृत्वमा अभियान सञ्चालन हुने माओवादी केन्द्रले जनाएको छ ।

जिल्ला संयोजक राजेन्द्र बिश्वकर्माको अध्यक्षतामा बसेको बैठका जिल्लास्थित नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया