जोर्ते पहिरो अपडेटः एक महिलासहित तीन जनाको मृत्यु, आठ घाइते

तानसेन। पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पहिरोले पुरिदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कारर्पियो जिप आज बिहान ढुंगासहितको पहिरोले पुरिएर हो ।

दुर्घटनामा मृत्यु हुनेको सननाखत हुन सकेको छैन।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेलाई उद्दार गरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

स्थानीय र प्रहरीसहितको टोली उद्दारमा लागेको छ । उक्त जिपमा केही बालबालिकासमेत रहेको प्रहरलिे जनाएको छ । दुर्घटनास्थल तानसेन तम्घास सडक खण्डमा पर्छ ।

दुर्घटनाबारे पूर्ण विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको