पाल्पामा १९४ जनामा डेंगुकाे संक्रमण

तानसेन। पाल्पामा यो वर्ष १९४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लाका चार ठुला अस्पतालमा १४० जना तथा प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र निजी क्लिनिकमा ५४ जना गरी कुल १९४ जनामा संक्रमण देखिएको हो ।

गत जनवरीदेखिको तथ्यांकका आधारमा सो मात्रामा संक्रमण देखिएको अस्पतालहरुले जनाएका छन् । यसैबीच यो वर्ष डेंगु संक्रमणकै कारण दुई जनाको मृत्यु समेत भएको छ ।

विगतमा तराईमा मात्रै देखिने डेंगुको संक्रमण पछिल्ला वर्षहरुमा पहाडमा पनि बढेको छ ।

पाल्पामा डेंगु नियन्त्रणका लागि स्थानीय तह तथा स्वास्थ्य कार्यालयको पहलमा लार्भा नष्ट गर्ने र सचेतना फैलाउने जस्ता अभियान चालिएको छ । तर, साय महिनादेखि तिव्र रुपमा संक्रमण बढेको चिकित्सकहरुले बताएका छन् ।

डेंगु एडिस (एजिप्टाइ) जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । डेंगुको संक्रमण भएा असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशी दुख्ने, शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुने जस्ता लक्षणहरू देखा पर्छ ।

डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु पर्छ । जसका लागि लामखुट्टेको वृद्धि रोक्ने उपयुक्त उपाए अपनाउन र सचेत हुन चिकित्सकले सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer